Logo

ब्याजमा सहुलियत दिने राष्ट्र बैककाे घाेषणा, पुनर्कर्जालाई बढाईने

ब्याजमा सहुलियत दिने राष्ट्र बैककाे घाेषणा, पुनर्कर्जालाई बढाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नुपर्ने किस्तामा सहुलियत प्रदान गर्ने बताएको छ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आईतबार उक्त घोषणा गरेका हुन । उनले राष्ट्र बैंकको ६५ औं बार्षिकोत्सवमा बोल्दै चौथो त्रैमासमा तिर्नुपर्ने व्याजदरमा सहुलियत दिने बताए ।

विश्वभर फैलिएको कोरोना भाईरसको महामारीले अर्थतन्त्रमा पारेको असरलाई न्युनिकरण गर्न यस्तो व्यवस्था ल्याईएको आईतबार सार्वजनिक गरिएको लिखित वक्तव्यमा उल्लेख छ ।

यस्तै उक्त वक्तव्यमा उनले कोरोना भाईरसबाट प्रभावित क्षेत्रलाई चालु पूँजी कर्जा प्रदान गर्न व्यवस्थालाई सहज गराउने समेत घोषणा गरेका छन् । उनले लिखित वक्तव्यमा साना मझौला उद्योग, पर्यटन क्षेत्रमा प्रदान गरिने पुनर्कर्जालाई पनि सहज बनाउन आवश्यक भएको बताएका छन ।
यस्तै उनले बैंकिङ क्षेत्रबाट प्रदान गरिने कर्जालाई सहजीकरण गर्ने, कर्जाको भुक्तानी अवधि थप गर्नै लगायतका व्यवस्था मिलाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL