Logo

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा पौडेल, थापा र मानन्धरको बढुवा

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा पौडेल, थापा र मानन्धरको बढुवा


बिजखबर संवाददाता
41.7k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका तीन जनाको बढुवा भएको छ । राष्ट्र शुक्रबारको निर्णयले तीन जना कार्यकारी निर्देशकलाई कार्यकारीमा पदस्थापन गरेको हो ।

laxmi

हाल निमित्त कार्यकारी निर्देशकको भुमिकामा रहँदै आएका रामु पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धरलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।

बढुवा भएका तीनै जनालाई पुरानै जिम्मेवारी अनुसार विभागको जिम्मेवारी दिइएको छ । जस अनुसार रामु पौडेललाई वित्त कम्पनी सुपरीवेक्षण विभाग, विश्रुत थापालाई मुद्रा व्यवस्थापन विभाग र रामबहादुर मानन्धरलाई संस्थागत योजना विभागको जिम्मेवारी दिईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL