Logo

नेपाल बैंकले पायो ‘इक्रा रेटिङ ए’, बढायो बैंक प्रतिको विश्वासनीयता

नेपाल बैंकले पायो ‘इक्रा रेटिङ ए’, बढायो बैंक प्रतिको विश्वासनीयता



काठमाडौं । नेपाल बैंकलाई ‘इक्रा रेटिङ ए’ प्रदान गरिएको छ । क्रेडिट रेटिङ गर्ने एजेन्सी इक्रा नेपालले नेपाल बैंकलाई इक्रा रेटिङ ए प्रदान गरेको हो ।

laxmi

इक्रा नेपालका अनुसार उक्त रेटिङ कर्जा गुणस्तर अर्थात न्यून जोखिम रहेको मानिन्छ ।
बैंकको ब्यवस्थापन, स्वस्थ मुनाफाको अवस्था, बजारको हिस्सा, असल ब्राण्ड मुल्याङ्कन, प्रयाप्त पूँजी, सक्षमता, कर्जा तथा निक्षेपको असल समिश्रण, समग्र आकार तथा गुणस्तर राम्रो रहेकोले इक्रा रेटिङ ए प्रदान गरिएको हो ।

इक्रा नेपालले प्रदान गरेको क्रेडिट रेटिङ ए ले बैंकप्रतिको विश्वास अझै बढाएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । ‘इक्रा नेपालले हामीलाई भर्खरै मात्र इक्रा रेटिङ ए प्रदान गरेको छ,’ उनले भने, ‘यो हाम्रो लागि सुखद पक्ष हो यसले नेपाल बैंकलाई आगामी दिनमा व्यवसाय विस्तार गर्न थप मद्दत पुग्नेछ ।’

नेपाल बैंकले क्रेडिट इक्रा रेटिङ ए पाउनुका बैंक व्यवस्थापन एवं सम्पूर्ण कर्मचारीहरुको अथक मेहनत रहेको बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले बताए । यसले बैंकप्रति हेर्ने दृष्टिकोष अरु सकारात्मक हुने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL