Logo

एनआईसी एशियाको मातातीर्थ औंशीमा विशेष उपहार, केकलगायतको उपहार खरिदमा १० प्रतिशत नगद फिर्ता

एनआईसी एशियाको मातातीर्थ औंशीमा विशेष उपहार, केकलगायतको उपहार खरिदमा १० प्रतिशत नगद फिर्ता



काठमाडौं । एनआईसी एशिया बैंकले केकलगायतका अन्य उपहार खरिदमा १० प्रतिशत रकम फिर्ता गर्ने भएको छ ।

बैंकले मातातिर्थ औंशीको अवसरमा विभिन्न अनलाईन डेलिभरीका माध्यमबाट वैशाख ११ गते १ दिन केक वा अन्य उपहार सामग्री खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म नगद फिर्ता हुने जानकारी दिएको छ । बैंकले फुडमाण्डु, ग्यापु मार्केट तथा युजी केक्समार्फत उपलब्ध हुने केक तथा उपहारहरू खरिद गर्दा १० प्रतिशत नगद फिर्ता हुने गरि अनलाईन डेलिभरी गर्ने संस्थाहरुबीच समझदारी गरेको छ ।

बैंकको मोबाइल बैंकिङ तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी उपहार सामग्रीको लागत रकम भुक्तानी गर्दा ग्राहकले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्नेछन । लकडाउनको समयमा ग्राहकलाई घरमै बसी यसरी अनलाईनबाटै समान खरिद गर्न सहज होस भन्ने उद्देश्यले कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्नेसमेत जानकारी दिएको छ ।

बैंकले लकडाउन आवधिभर दराज अनलाईनमा रहेको बिगमार्टका साथै सेल्सबेरी, मेरोकिराना, फुडमाण्डु तथा सेन्ट्रल बजारमार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा समेत खरिद रकमको १० प्रतिशतसम्म नगद फिर्ता हुने योजना लागु गरिसकेको छ ।

बैंकले ३१९ शाखा, ४६१ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ६१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL