Logo

सिटिजन्स बैंकको तेह्रौं वार्षिकोत्सव भर्चुअली सम्पन्न, संचालनमा ल्यायो एक्स्ट्रा फिक्स डिपोजिट निक्षेप योजना

सिटिजन्स बैंकको तेह्रौं वार्षिकोत्सव भर्चुअली सम्पन्न, संचालनमा ल्यायो एक्स्ट्रा फिक्स डिपोजिट निक्षेप योजना



काठमाडौं । सिटिजन्स बैंकले तह्रौं वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स एक्सट्रा फिक्स डिपोजिट’ निक्षेप योजना सार्वजनिक गरेको छ । बैकले कोभिड १९ को महामारीमा आफ्नो आफनो १३ औं वार्षिकोत्सव सम्पन्न गर्दै ३ महीना देखि १० वर्ष सम्मको अवधि तथा १ लाख रुपैयाँको न्यूनतम मौज्दातमा खाता खोल्न सकिने गरि उक्त खाता संचालनमा ल्याएको हो ।

laxmi

बैंकले उक्त खातामा ८ दशमलब २५ प्रतिशत व्याजदरसमेत दिने भएको छ । साथै शाखा प्रबन्धकले उक्त व्याजदरमा ० दशमलब ५० प्रतिशत व्याजदर सम्म थप गर्न सक्नेछन् । यस निक्षेप योजना अन्तरगत व्यक्तिगत मुद्धति खाता खोल्ने ग्राहकलाई मुद्धति खाताबाट आर्जित व्याजमा समेत सोही बराबरको व्याजदर प्रदान गर्नेछ । उक्त निक्षेप योजना बैंकका सम्पूर्ण शाखामा उपलब्ध हुनेछ ।

बैंकले विगतमा विभिन्न समारोहको आयोजना गरी हर्षोल्लासका साथ मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष भने कोरोना र लकडाउनका कारण भर्चुृअली मनाएको छ । बैंकको आईतबार बसेको ३३२ औं सञ्चालक समितिको बैठकले सेयरधनी, नियामक निकायलगायतलाई धन्नेबादसमेत ज्ञापन गरेको छ । साथै १३ वर्षको अवधिमा बैंकले प्राप्त गरेका विभिन्न उपलब्धि तथा प्रमुख वित्तीय सूचकाङ्कहरु बैंकको वेवसाईट तथा फेसबुकलगायतका सामाजिक सञ्जालमा राखेको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका छन । बैंकले ९४ शाखा, ९४ एटिएम तथा १०३ शाखामार्फत सेवा प्रदान गर्दै आईरहको छ । साथै बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेलगायतका सेवासमेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL