Logo

३५ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, आईतबार बोलकबोलमार्फत बिक्री गरिने

३५ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, आईतबार बोलकबोलमार्फत बिक्री गरिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८० घ’ नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको जानकारी दिएको छ ।

laxmi

व्याजदरसमेत बोलकबोलका माध्यमबाटै तय गरिने छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी र संगठित संस्था तथा नेपाली नागरिकले समेत सो ऋणपत्र खरिद गर्न सक्नेछन् ।

सो ऋणपत्र धितोमा राखेरसमेत कर्जा लिन वा दिनसमेत पाइनेछ । बोल कबोल आइतबार हुने छ भने अन्तिम निश्कासन सोमबार गरिनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । त्यो भनेको प्रतिस्पर्धीलाई २९ अर्ब ७५ करोड र अप्रतिस्पर्धीलाई ५ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने बैंकले जानकारी दिएको छ ।

यस्तै ब्याजदर र बाँडफाँट बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ । घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL