Logo

कोरोना रोकथाममा सनराईज बैंकको अग्रसरता, प्रदेश ५ लाई दियो पीपीई

कोरोना रोकथाममा सनराईज बैंकको अग्रसरता, प्रदेश ५ लाई दियो पीपीई



काठमाडौं । सनराइज बैंकले प्रदेश ५ लाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीइ) प्रदान गरेको छ । बैकको प्रादेशिक कार्यालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत २५ थान पीपीई हस्तान्तरण गरेको हो ।

आईतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई उक्त पीपीई हस्तान्तरण गरिएको हो । यस्तै चैत २८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरानका प्राध्यापक डा. गौरी शंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख विबेक निरौलाले ३३ थान पीपीई हस्तान्तरण गरेका छन् ।

प्रादेशिक कार्यालयका प्रमुख विबेक निरौलाले विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेको बताए ।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ५ सय भन्दा बढी पीपीई उपलब्ध गराईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL