Logo

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, खजुरा गाउँपालिका कोहलपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, खजुरा गाउँपालिका कोहलपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । नेपाल एसबिआई बैंक कोहलपूर शाखाले खजुरा गाउँपालिकालाई ८२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाईरस रोकथाम तथा उपचारको लागि बैंकको कोहोलपुर शाखाले उक्त गाउँपालिकालाई व्यक्तिगत सूरक्षा उपकरण ३ थान, सेनिटाईजर, साबुन, हेन्डवास, सर्जिकल माक्स, गन थर्मेमिटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

उक्त सामग्री पालिका अध्यक्ष, प्रमूख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख, बैंकका प्रदेश ६ का प्रमुख बिकेन्द्र खडका, कोहलपुर शाखा प्रमुख नबराज जोशीलगायतको सहभागितामा हस्तान्तरण गरिएको हो ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL