Logo

विश्वका ५० देशबाट पठाएको पैसा अब एनआईसी एशिया बैंकबाट झिक्न सकिने, यस्तो छ सुविधा

विश्वका ५० देशबाट पठाएको पैसा अब एनआईसी एशिया बैंकबाट झिक्न सकिने, यस्तो छ सुविधा



काठमाडौं । वल्र्ड रेमिट र अर्विट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूबाट एनआईसी एशियाको खातामा रकम जम्मा गर्न सकिने भएको छ । अब उक्त ५० देशमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका हुन ।

laxmi

विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा एनआईसी एशिया बैंकले वल्र्ड रेमिट र अर्विट रेमिटसँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको हो ।

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एनआईसी एशिया बैंकले विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तहरूले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो ।

जसबाट ग्राहकरूले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्ने छ । यस योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्नेछन ।

यसले गर्दा विदेशमा रहेका नेपाली नागरिकहरूलाई लकडाउनको समयमा पनि आफ्ना परिवारजन तथा आफन्तहरूलाई रकम पठाउन सहज हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL