Logo

गभर्नरका लागि शिवाकोटी, अधिकारी र खनालको नाम सिफारिस, कस्को सम्भावना बलियो ?

गभर्नरका लागि शिवाकोटी, अधिकारी र खनालको नाम सिफारिस, कस्को सम्भावना बलियो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीका लागि ३ जनाको नाम सिफारिस भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।

उक्त समितिले राष्ट्र बैंकको बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पुर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पुर्व सचिव राजन खनाललाई आगामी गभर्नरका लागि सिफारिस गरेको हो ।

अर्थमन्त्री खतिवडाको संयोजकत्वमा बनेको उक्त समितिमा पुर्व गभर्नरका तर्फबाट विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए ।

सिफारिस नामध्ये आजै बस्ने मन्त्रिपरिषद्को बैंठकले एक जनालाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने उच्च सम्भावन रहेको समेत उक्त स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL