Logo

दैनिक पीपीई वितरण गर्दै सनराईज बैंक, गण्डकी प्रदेशलाई दियो ५० थान

दैनिक पीपीई वितरण गर्दै सनराईज बैंक, गण्डकी प्रदेशलाई दियो ५० थान



काठमाडौं । सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङलाई ५० थान पीपीई हस्तान्तरण गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमासमेत केहि मानिसमा देखिएकाले गण्डकी प्रदेशलाई उक्त सामग्री हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

उक्त सामग्री एक कार्यक्रकाबीच बैंकका प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र केसीले पृथ्वि सुब्बा गुरुङलाई हस्तान्तरण गरेका हुन् । त्यस्तै बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई हस्तान्तरण गरेको छ ।

बैंकले हालसम्म विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ । साथै अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बै.कले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL