Logo

प्रभु बैंकको सामाजिक उत्तरदायित्व, कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड १ लाख सहयोग

प्रभु बैंकको सामाजिक उत्तरदायित्व, कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड १ लाख सहयोग



काठमाडौं । प्रभु बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा तथा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको सहभागिता रहेको थियो ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार एवं कोरोना संक्रमण महामारीबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्न सरकारको कार्यमा सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL