Logo

सरकारको कोरना कोषलाई प्राईम बैंकले दियो पौने २ करोड, ७२ शाखामार्फत जनतालाई सेवा

सरकारको कोरना कोषलाई प्राईम बैंकले दियो पौने २ करोड, ७२ शाखामार्फत जनतालाई सेवा



काठमाडौं । प्राईम कमर्सियल बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड ७५ लाख रुपैयाँ दिएको छ । सरकारले गठन गरेको कोरानो राहत कोषमा बैंकले उक्त रकम उपलब्ध गराएको हो ।

बैंक तथा वित्तीय क्षेत्रबाट उक्त कोषमा हालसम्म योगदान गर्नेमा प्राईम कमर्सिलय बैंकले सबैभन्दा बढी १ करोड ७५ करोड रुपैयाँ उपलब्ध गराएको हो ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत महाभुकम्पदेखि लुम्बिनी क्षेत्र विकास क्षेत्र विकास कोषलाई समेत सहयोग गर्दै आएको प्राईमले बैंकले कोरोना रोकथामका लागि पनि सहयोग गरेको जानकारी दिएको छ ।

यसैगरी प्राईम बैंकले कोरोना प्रभावको सहयामा पनि सबैभन्दा बढी शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ । हाल बैंकले देशभरका ७२ शाखामार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL