Logo

वाणिज्य बैंकहरुले दैनिकरुपमा १० केजी मात्र सुन ल्याउन पाउने, बिदेशी मुद्रा सटही सुबिधामा कडाई

वाणिज्य बैंकहरुले दैनिकरुपमा १० केजी मात्र सुन ल्याउन पाउने, बिदेशी मुद्रा सटही सुबिधामा कडाई



काठमााडौ । अब वाणिज्य बैंकहरुले दैनिक १० केजी मात्र सुन ल्याउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे हालको लागि आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई १० केजीमा झारेको हो ।

यसअघि सुनको दैनिक आयात कोटा १५ केजी तोकेको थियो । सोही परिपत्र अनुसार नधुल्याएको मरिच, सुपारी, केराउ, छोकडा र तयारी मदिराको पैठारी पूर्णरुपमा बन्द गरिएका कारण त्यस्ता बस्तुको आयातको लागि बिदेशी मुद्राको सटही सुबिधा पनि बन्द गरिएको छ ।

यसका अतिरिक्त अमेरिकी डलर ५० हजार भन्दा बढीको सवारी साधन पैठारीलाई पनि अर्को व्यवस्था नभएसम्मको लागि पुर्णरुपमा बन्देज लगाईएकाले सो कार्यमा समेत बिदेशी मुद्राको सटही सुबिधा बन्द गरिएको परिपत्रमा उल्लेख छ ।

बिश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाईरस (कोविड १९) को कारण अर्थतन्त्रमा परेको प्रभावलाई केही हदसम्म सम्बोधन गर्न सरकारी बिलासिताका बस्तुहरुको आयात कडाई गर्न निर्देशन दिएसंगै राष्ट्र बैंकले बैंकहरुलाई यो व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि परिपत्र जारी गरेको हो ।

यसबाहेक राष्ट्र बैंकले बिदेशमा रहेका नेपाली बिद्यार्थीहरुको लागि बढीमा अमेरिकी डलर पाँच सय वा सो बराबरको परिवत्र्य बिदेशी मुद्रा मात्र निर्वाह खर्चको लागि पठाउन पाउने व्यवस्था समेत कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL