Logo

एनआईसी एशिया बैंक र दराज अनलाईनबीच समझदारी, बैंकका ग्राहकलाई छुट

एनआईसी एशिया बैंक र दराज अनलाईनबीच समझदारी, बैंकका ग्राहकलाई छुट



काठमाडौं । एनआईसी एशिया बैंक र दराज अनलाईनबीच समझदारी भएको छ । समझदारी अनुसार बैंकका ग्राहकले दराज अनलाईनमार्फत सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने भएको छ । बैंकका ग्राहकले दराज अनलाईनको बिग मार्टमार्फत दैनिक उपभोग्य वस्तु खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने गरि समझदारी भएको बैंकले जानकारी दिएको छ ।

योजनामा सहभागी हुन चाहने बैंकका ग्राहकले यही चैत १८ देखि २६ गतेसम्म दराजडटकममा गई बिगमार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ माध्यमहरू प्रयोग गरी ग्राहकलाई घरबाटै खाद्यानलगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले उक्त योजना ल्याएको हो ।

बैंकले ग्राहकलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा समेत प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंकले २५ भन्दा बढी शाखाहरुमार्फत दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासँगको लडाई, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्कलगायतका भुक्तानीहरू निःशुल्क गर्दै आईरहेको छ ।

बैंकले ३१९ शाखा, ४६१ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ६१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL