Logo

डिजिटल भुक्तानीको सीमा बढ्यो, इन्टरनेटमार्फत दैनिक १ लाखसम्मको कारोबार गर्न सकिने

डिजिटल भुक्तानीको सीमा बढ्यो, इन्टरनेटमार्फत दैनिक १ लाखसम्मको कारोबार गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सिमा बढाएको छ । बैंकले आईतबार एक परिपत्र जारी गर्दै मोबाइल तथा इन्टरनेटका माध्यमबाट गरिने र मोबाइल वालेटको माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको हो ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर प्रतिदिन १ लाख र प्रतिमहिना २ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको छ । यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को कारोबार सीमा भने यथावत राखिएको छ । बैंकका अनुसार इन्टरनेट बैंकिङको कारोबार सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रुपैयाँ रहेको छ ।

साथै इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्फरको सीमा प्रतिदिन १० लाख र प्रतिमहिना ५० लाखसम्म रहेको छ ।

यस्तै मोबाइल वालेटबाट अन्य बैंक खातामा रकम ट्रान्सफर गर्ने सीमा पनि प्रति कारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ५ लाख र्पुर्याईएको बैंकको परिपत्रमा उल्लेख छ । यसअघि यस्तो कारोबारको सीमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजार मात्रै रहेको थियो ।

केन्द्रीय बैंकले एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्ने सीमा पनि बढाएको छ । यसअघि प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारको मात्रै कारोबार गर्न सकिने व्यवस्था रहेको उक्त वालेटमा अब प्रति कारोबार २५ हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ५ लाख सम्म कारोबार गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL