Logo

ज्योति विकास बैंकको क्षेत्रीय कार्यालय इटहरीमा, शाखा कार्यालय पनि संचालनमा

ज्योति विकास बैंकको क्षेत्रीय कार्यालय इटहरीमा, शाखा कार्यालय पनि संचालनमा



काठमाडौं । ज्योति विकास बैंकले इटहरी उपमहानगरपालिकामा क्षेत्रीय कार्यालय र शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको क्षेत्रीय कार्यालयको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक लाल चौधरी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरेका हुन । साथै शाखा कार्यालयको उद्घाटन भने उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले गरेका हुन ।

मेयर चौधरीले ज्योति विकास बैंकले पूर्व क्षेत्रमा सञ्चालनमा ल्याएका कार्यालयहरुले सेवाग्राहिलाई थप सेवा मिल्ने तथा विभिन्न कर्जा सेवाले गर्दा उद्यमशीलतामा थप टेवा पुग्ने बताए । बैंकले १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ५६ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL