Logo

ज्योति विकास बैंकद्वारा अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टरलाई ५ थान कम्प्युटर सहयोग

ज्योति विकास बैंकद्वारा अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टरलाई ५ थान कम्प्युटर सहयोग



काठमाडौं । ज्योति विकास बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपाललाई कम्प्युटर प्रदान गरि सहयोग गरेको छ । बैंकले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालको श्रव्य पुस्तकालयको लागि बुधबार ५ थान कम्प्युटर प्रदान गरेको हो ।

laxmi

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालका अध्यक्ष रमेश बावु तिवारीलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक पारसराज कँडेल, सहायक महाप्रबन्धक रामहरि आचार्य तथा संस्थाका उपाध्यक्ष कोपिला गुरुङ र सल्लाहकार सदस्य डा गोविन्द आचार्यको पनि उपस्थिति रहेको थियो ।

अडियो लाइब्रेरी एण्ड रिसोर्स सेन्टर नेपालले देशभरिका दृष्टिविहिन विद्यार्थीहरुको शिक्षाको हक सुनिश्चित गरी सहज जीवनयापनको लागि अन्य नागरिक सरह सक्षम बनाउन पुस्तकहरु डिजिटलाइज गराइ श्रव्य मैत्री बनाउँदै आएको छ ।

यस परियोजनाले बैंकबाट प्राप्त कम्प्युटरहरु पनि श्रव्य पुस्तक उत्पादन, वितरण तथा विद्यार्थीहरुको प्रयोगको लागि उपयोग गर्नेछ । हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब २९ अर्ब लगानी गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL