Logo

७४६ स्थानीय तहमा बाणिज्य बैंकका शाखा, बैंक तथा फाईनान्सको शाखा ९ हजार ५५० पुग्यो

७४६ स्थानीय तहमा बाणिज्य बैंकका शाखा, बैंक तथा फाईनान्सको शाखा ९ हजार ५५० पुग्यो



काठमाडौं । चालु आवको माघ मसान्तसम्म सात सय ४६ स्थानीय तहमा बाणिज्य बैंकहरुका शाखा पुगेका छन् । संघियता कार्यान्वयनका क्रममा गठन भएका सात सय ५३ स्थानीय तहमध्ये अब ७ वटा तहमा मात्र बाणिज्य बैंकहरुले शाखा पुर्याउन बाँकी छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेकाो पछिल्लो ७ महिनाको वित्तिय विवरणअनुसार
चालु आवको माघ मसान्तसम्म बाणिज्य बैंकहरुको चार हजार ११, बिकास बैंकहरुको १२ सय ९३ र फाईनान्स कम्पनीहरुको दुई सय ५९ वटा समेत गरी कुल पाँच हजार पाँच सय ३३ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

यि बाहेक लघुबित्त बित्तीय संस्थाहरुको तीन हजार आठ सय ६१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । सो मध्ये प्रदेश नम्वर पाँचमा एक सय नौ वटा स्थानीय तह रहेकोमा एक सय नौ वटै स्थानीय तहमा बाणिज्य बैंकहरुको शाखा पुगेको छ भने प्रदेश दुईमा पनि एक सय ३६ स्थानीय तह रहेकोमा सबैमा बैंकहरुको शाखा पुगेको छ ।

प्रदेश नम्वर, गण्डकी र कर्णाली प्रदेशमा क्रमश एक सय ३७, ८५ र ७९ स्थानीय तह रहेकोमा प्रत्येकमा एक, एक स्थानीय तहमा बैंकहरुको शाखा पुग्न बाँकी रहेको छ । बाग्मती र सुदुर पश्चिम प्रदेशमा भने एक सय १९ र ८८ स्थानीय तह रहेकोमा दुई, दुई स्थानीय तहमा बैंकहरुको शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक तथा फाईनान्स कम्पनीहरुमा प्रति शाखा सेवाग्राहीको संख्या घटेर तीन हजार एक सयमा सिमित रहेको छ । नेपाल राष्ट्र बैंकले बित्तीय पहुंच बिस्तारको नीतिलाई आक्रामकरुपमा कार्यान्यनमा ल्याएसंगै बित्तीय क्षेत्रमा प्रतिशाखा सेवाग्राहीको संख्या घटेको हो ।

राष्ट्र बैंकका अनुसार पाँच बर्ष अघि अर्थात २०७१ चैत मसान्तमा बैंकिङ क्षेत्रमा प्रतिशाखा सेवाग्राहीको सात हजार तीन सय ९७ रहेको थियो भने बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या तीन हजार सात सय ७९ रहेको थियो ।

चालु आवको माघ मसान्तसम्ममा भने बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या बढेर नौ हजार पाँच सय ५० वटा पुगेसंगै प्रतिशाखा सेवाग्राहीहरुको संख्या घटेको राष्ट्र बैंकको विवरणमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL