Logo

महिलाका लागि पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी ६.९८% ब्याजमै पाईने

महिलाका लागि पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी ६.९८% ब्याजमै पाईने



काठमाडौं । सिभिल बैंक र विवेक अटोमाबाईलबीच सम्झौता, महिला ग्राहकलाई ३ काठमाडौं । सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतापत्र अनुसार विवेक अटोमोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोवाईल्स्को सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुबिधा प्रदान गर्ने छ ।

सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी ६ प्रतिशत ब्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर ६ दशमलव ९८ प्रतिशतमा कर्जा सुबिधा प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL