Logo

मुक्तिनाथ विकास बैंकको नयाँ खाता योजना, खाता खोल्नेको डिम्याट खाता निशुल्क

मुक्तिनाथ विकास बैंकको नयाँ खाता योजना, खाता खोल्नेको डिम्याट खाता निशुल्क



काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ खाता खोल्ने ग्राहकको हितग्राही खाता निशुल्क खोल्न सकिने योजना ल्याएको छ । बैंकले नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था मिलाएको हो ।

laxmi

देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थीत भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही खाता उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

भौतिक सेयर प्रमाणपत्र लाई अभौतिकरण गर्न ग्राहकले अनुरोध गरेमा मुक्तिनाथ क्यापिटलसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने बैंकले जानकारी दिएको छ । उक्त योजना सीमित अवधीको लागि मात्र लागु हुनेछ ।

बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL