Logo

कामना सेवाको शाखा बिस्तारमा तीव्रता, प्रदेश १ मा खोल्यो दुई नयाँ शाखा

कामना सेवाको शाखा बिस्तारमा तीव्रता, प्रदेश १ मा खोल्यो दुई नयाँ शाखा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं १ स्थित इनरुवामा यही फागुन २२ गते र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा यही फागुन २३ गते आफ्नो १२१ औ र १२२ औं शाखा कार्यालयहरु स्थापना गरी कारोबार समुद्घाटन गरेको छ ।

बैंकको इनरुवा शाखाको समुद्घाटन इनरुवा नगरपालिका वडा नं १ का प्रमुख राजन मेहता तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्तरुपमा शाखाको उद्घाटन गरेका हुन ।

यसैगरी इटा भट्टाशाखाको समुद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्तरुपमा शाखाको उद्घाटन गरेका हुन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२२ वटा शाखा तथा ६२ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैंकिङ र सि आवा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षरुपमा आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL