Logo

ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पसबीच सम्झौता, विद्यार्थीलाई शुल्क भुक्तानी गर्न सहज

ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पसबीच सम्झौता, विद्यार्थीलाई शुल्क भुक्तानी गर्न सहज



काठमाडौं । ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पसबीच सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्ण प्रसाद आर्चायले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

laxmi

उक्त सम्झौता पश्चात शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्र्यार्थीहरुले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत भुक्तानी गर्न सक्नेछन ।

समयसापेक्ष डिजिटल बैंकिङ सेवालाई पवर्द्धन गर्ने उद्देश्य अनुसार बैंकले विभिन्न संघ संस्थाहरुलाई आफ्नो भुक्तानी संकलन गर्नका लागि प्रविधिमैत्री सुविधा उपलब्ध गराउँदै आईरहेको छ । शंकरदेवसँगको यस सहकार्य मार्फत सो क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई शुल्क भुक्तानी गर्नकै लागि बैंक जानुनपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL