Logo

वाणिज्य बैंकले अब सुन निक्षेपको रुपमा राख्न सक्ने, ब्याज आफैले निर्धारण गर्ने (राष्ट्र बैंकको सर्कुलरसहित )

वाणिज्य बैंकले अब सुन निक्षेपको रुपमा राख्न सक्ने, ब्याज आफैले निर्धारण गर्ने (राष्ट्र बैंकको सर्कुलरसहित )



काठमाडौं । अब वाणिज्य बैंकहरुले सुन पनि निक्षेपको रुपमा स्विकार गर्न पाउने भएका छन । नेपाल राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै वाणिज्य बैंकहरुले सुन निक्षेपको रुपमा राख्न पाउने नीतिगत व्यवस्था गरेको हो । बैंकहरुले हालसम्म नगदलाई मात्रै निक्षेपको रुपमा लिँदै आएका थिए ।

laxmi

राष्ट्र बैंकको सर्कुलरमा सुन निक्षेपको ब्याज भने बैंकहरुले आफै निर्धारण गर्न सक्ने उल्लेख छ । बैंकहरुले न्युनतम २५ ग्राम सुन निक्षेपको रुपमा लिन सकिने समेत उक्त सर्कुलरमा उल्लेख छ ।

सुन निक्षेप स्विकार गर्न चाहाने बैंकहरुले भने नीति तथा विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गरेर मात्रै लागु गर्नुपर्ने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

राष्ट्र बैंकका अनुसार सुन निक्षेपको रुपमा लिनुभन्दा अगाडी सुनको शुद्धता जाँच गर्नका लागि आफै संयन्त्र स्थापना गर्नुपर्ने उल्लेख छ ।

यस्तै १० लाख वा सोभन्दा बढी सुन निक्षेप राख्ने ग्राहकका लागि भने स्रोत खुलाउनुपर्ने व्यवस्था गर्नुपर्ने राष्ट बैंकले जानकारी दिएको छ ।

यस्तो छ राष्ट्र बैंकको सर्कुलर


प्रतिक्रिया दिनुहोस्
MBL