Logo

कृषि विकास बैंक र फोन पेबीच सम्झौता, फोनपेका सम्पूर्ण सेवा मोबाईल बैंकिङमार्फत

कृषि विकास बैंक र फोन पेबीच सम्झौता, फोनपेका सम्पूर्ण सेवा मोबाईल बैंकिङमार्फत



काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पेबीच सम्झोता भएको छ । सम्झौतासँगै फोन पेका सम्पूर्ण सेवा बैंकको मोबाईल बैंकिङमार्फत लिन सकिनेछ ।

यसैगरी बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङमार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् । फोनपेका एफ वान सफ्ट ग्रुपका अध्यक्ष विस्वास ढकाल र बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले २७४ शाखा, ११ एक्सटेन्सन काउन्टर, ७४ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL