Logo

कैलालीका बिद्यार्थी र शिक्षकलाई ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

कैलालीका बिद्यार्थी र शिक्षकलाई ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सुदुर पश्चिम प्रदेश कैलालीको टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी संचालन गरिएको उक्त कार्यक्रममा करिब १ सय जनाको सहभागिता रहेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा निक्षेप, कर्जा लगानी र यसको प्रयोग, आधुनिक बैंकिङ, डिजिटल बैंकिङ तथा मोवाईल बैंकिङ र रेमिटान्स कारोवार सम्बन्धी जानकारी दिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL