Logo

ग्लोबल आईएमईको ‘ग्लोबल टपअप मुद्दती निक्षेप योजना’ ९ प्रतिशत ब्याज पाईने

ग्लोबल आईएमईको ‘ग्लोबल टपअप मुद्दती निक्षेप योजना’ ९ प्रतिशत ब्याज पाईने



काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल टपअप मुद्दती निक्षप योजना संचालनमा ल्याएको छ । बैंकले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्नका लागि उक्त योजना ल्याएको जानकारी दिएको हो । उक्त योजनामा न्यूनतम १० हजार रुपैयाँमा सहभागी हुन सकिने छ ।

laxmi

योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९ दशमलव ७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।

साथै उक्त योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।

ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्धती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।

बैंकले हाल देशभर २ सय ७० शाखा संजाल, २ सय ४९ शाखा रहित बैंकिङ, ३४ एक्सटेन्सन काउन्टर र २ सय ५७ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL