Logo

मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिबीच सहकार्य, बैंकका ग्राहकलाई सेवामा छुट

मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिबीच सहकार्य, बैंकका ग्राहकलाई सेवामा छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि बीच एक सम्झौता भएको छ । सोमबार विभिन्न सेवामा ग्राहकहरुलाई विशेष् छुट दिनेगरी उक्त सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिर शेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्रि तथा बजारीकरण निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL