Logo

एभरेष्ट बैंकको न्यू रोड कम्प्लेक्समा सारिएको शाखाको उद्घाटन

एभरेष्ट बैंकको न्यू रोड कम्प्लेक्समा सारिएको शाखाको उद्घाटन



काठमाडौं । एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा अवस्थीत न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ । बैंकले आईतबार उक्त स्थानान्तरण गरिएको शाखा कार्यालय संचालनमा ल्याएको हो ।

नयाँ शाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मनि सिवाकोटीले गरेका हुन । सोही समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका छन् ।

चेक डिपोजीट, यूटिलिटी बिल भुक्तानी र एटीएम जस्ता आधुनिक बैकिङ सुविधाहरु र ई–लबीमार्फत ग्राहकहरुलाई सहज बैकिङ सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएका बैंकले जानकारी दिएको छ ।

सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा. सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो । इबीएलको हाल ग्राहक संख्या १० लाख भन्दा बढि छन ।

प्रतिक्रिया दिनुहोस्
MBL