Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, पौलस्त्य माविलाई आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, पौलस्त्य माविलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीको बेनी नगरपालिका ५ पौलस्त्य माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव २५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जानकारी दिएको छ । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गर्ने विद्यालयले जानकारी दिएको छ ।

शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भईरहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने बैंकको विश्वास रहेको छ । लामो समयदेखि दिर्घकालीन रुपमा खानेपानीको व्यवस्था नहुदा शुद्ध पिउने पानी पिउनबाट बञ्चित रहेका विद्यार्थीहरु यस किसिमको सहयोगबाट शारिरिक र मानसिक रूपमा स्वस्थ भई पठनपाठनमा समेत सक्रिय रहने बैंकले जानकारी दिएको छ ।

बैंकले ९३ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधासमेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL