Logo

मेगा बैंकको वित्तीय साक्षरता तालिम नेपाली सेनालाई, बैंकिङ सेवाको महत्वका बारेमा जानकारी प्रदान

मेगा बैंकको वित्तीय साक्षरता तालिम नेपाली सेनालाई, बैंकिङ सेवाको महत्वका बारेमा जानकारी प्रदान



काठमाडौं । मेगा बैंक नेपालले कञ्चनपुरमा रहेका नेपाली सेनालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । कञ्चनपुर महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका बिभिन्न दर्जालाई बैंकले वित्तीय साक्षरता तालिम प्रदान गरेका हुन ।

बैंकको महेन्द्रनगर शाखामार्फत आयोजित उक्त तालिममा शाखा प्रबन्धक सन्जोग भट्टले बैंकको सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्वका बारेमा प्रष्ट पारेका थिए ।

बैंकले बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणलगायतका विषयमा बिभिन्न कार्यक्रहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL