Logo

एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खाता, २१ लाख सम्मको बीमा सुविधा

एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खाता, २१ लाख सम्मको बीमा सुविधा



काठमाडौं । एनआईसी एशिया बैंकले ‘न्यु सुपर चमत्कारिक मुद्धती निक्षेप’ योजनामा २१ लाख रुपैयाँको बीमा सुविधा प्रदान गरेको छ । बैंकले न्यु सुपर चमत्कारिक मुद्धती निक्षेप खाता योजना अन्तरगत २१ लाख रुपैयाँको बीमा योजना संचालनमा ल्याएको हो ।

laxmi

बैंकको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप खातामा ग्राहकहरुले उच्च ब्याजदरसँगै ३ विभिन्न बीमा सुविधा समेत पाउनेछन । योजनाअन्तरगत खाता खोलेका ग्राहकले जीवनमा आईपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको ३ चमत्कारिक बीमा सुविधा पाउनेछन ।

जस अन्तरगत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध छ । यस्तै १८ घातक रोगहरुको लागि १० लाख र १ लाख रुपैयाँसम्मको औषधी उपचार बीमा सुविधा समेत उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।

औषधी उपचार बीमा अन्तरगत बैंकले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा २० हजार रुपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रुपैयाँसम्मको बीमा सुविधा समेत प्रदान गर्नेछ । उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्चलगायतका लागि २० हजार रुपैयाँसम्मको भरपाई गर्नेछ ।

बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरीसकेका छन । बैंकले ३ सय १९ शाखा, ४ सय ४५ एटिएम, १ सय ३ एक्स्टेन्सन काउण्टर एवं ५२ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL