Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, तपेस्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, तपेस्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग



काठमाडौंं । सिटिजन्स बैंकले उदयपुरको वेलका नगरपालिका स्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत विद्यालयलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बैंकले विद्यालयमा एक कार्यक्रम गरि उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । विद्यालयले जेहेन्दार, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ । उक्त सहयोग रकमबाट विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका निम्ति शैक्षिक सामाग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्ने छ ।

उक्त सहयोगले शैक्षिक सामाग्रीको अभावमा पठन पाठनमा भईरहेको कठिनाई अन्त्य गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम समेत संचालन गर्ने भएको छ ।

बैंकले ९३ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेलगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL