Logo

सिटिजन्स बैंकको ४ शाखा विस्तार, पुग्यो मोरङ, कास्की र कैलालीमा

सिटिजन्स बैंकको ४ शाखा विस्तार, पुग्यो मोरङ, कास्की र कैलालीमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकैसाथ ४ शाखा विस्तार गरेको छ । बैंकले मोरङको कन्चनबारी, कास्कीको हस्पिटल चोक र कैलालीको अत्तरिया तथा सुखड शाखा संचालनमा ल्याएको हो ।

सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने बैंकको विश्वास रहेको छ । शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य रहेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले ९३ शाखामार्फत विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेलगायतका सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०७ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL