Logo

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्सटेन्सन काउन्टर



काठमाडौं । प्रभु बैंकले टेकुमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले बिहीबार काठमाण्डौं महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आफ्नो एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

laxmi

बैंककोे एक्टेन्सन काउन्टरको उद्घाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका हुन ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २ सय ८ वटा शाखा कार्यालय, १ सय ५७ वटा एटीएम, ४५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवा मार्पmत् सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL