Logo

प्रधानमन्त्री ओलीको शुभकामना डेपुटी गभर्नर शिवाकोटीलाई, गरे शिवाकोटीको पुस्तक बिमोचन

प्रधानमन्त्री ओलीको शुभकामना डेपुटी गभर्नर शिवाकोटीलाई, गरे शिवाकोटीको पुस्तक बिमोचन



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीद्धारा लिखित ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक पुस्तकको बिमोचन गरेका छन् ।

विहीबार प्रधानमन्त्री निवास वालुवाटारमा पुस्तक बिमोचन गर्दै प्रधामन्त्री ओलीले शिवाकोटीलाई शुभ कामना दिए ।

डेपुटी गभर्नर शिवाकोटीको प्रशंशा गर्दै प्रधानमन्त्रीले शिवाकोटीको प्रगति निश्चित रहेको भन्दै प्रशंशा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले देश बनाउने कुरा कविता लेखेजस्तो सजिलो छैन भन्दै भत्किएको संरचनामात्रै हैन जर्जर बनेको अर्थतन्त्र पनि बनाउँदैछौ भन्ने अठोटले देश बन्ने हो र त्यो आफुहरुसँग रहेको बताउँदै प्रम ओलीले बताए ।

गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल १ महिनामात्र बाँही रहँदा गभर्नरको दौडमा रहेका बेला प्रधानमन्त्रीले गरेको प्रशंशाले डेपुटी गभर्नर शिवाकोटीको बलियो सम्भावना रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL