Logo

सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्दै, त्रैमासिक ब्याज पाईने

सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्दै, त्रैमासिक ब्याज पाईने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ‘१० दशमलब २५ प्रतिशत ब्याजदर सहितको सिटिजन्स बैंक ऋणपत्र २०८६’ निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको उक्त ऋणपत्र चाँडै सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिएको हो ।

त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र १० वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो । बैंकले ल्याउन लागेको उक्त ऋणपत्र १ हजार अंकित मूल्यका २५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्व ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निस्काशनबाट बिक्री गरिने छ ।

यस्तै बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थालाई व्यक्तिगत तपÞर्m बाट बिक्री गरिने भएको छ । ग्लोबल आइएमई क्यापीटल लिमिटेडको विक्री प्रवन्धमा निष्काशन गर्न लागिएको ऋणपत्र ईक्रा नेपाल लिमिटेडले रेटिङ गरेको हो । बैंकले ८९ शाखा, ९० एटिएम तथा १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL