Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, त्रिभुवन मावि जाजरकोटलाई आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, त्रिभुवन मावि जाजरकोटलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले जाजरकोटको नलगाड नगरपालिका ७ को त्रिभुवन माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तरगत विद्यालयलाई १ लाख रुपैयाँको आर्थिक सहयोग गरेको हो । विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव ११ सय ५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवस्यक पुर्वाधार निर्माण गर्ने विद्यालय प्रशासनले जानकारी दिएको छ । शुद्ध खानेपानीका पहुँचबाट निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार आउने बैंकको विश्वास रहेको छ । बैंकले ८९ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL