Logo

मेगा बैंकको ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना, १ हजार रुपैयाँमा खाता खोल्न सकिने

मेगा बैंकको ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना, १ हजार रुपैयाँमा खाता खोल्न सकिने



काठमाडौं । मेगा बैंक नेपालले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक बचत योजना संचालनमा ल्याएको छ । बैंकले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ २०२० संचालनमा ल्याएको हो ।

बैंकले ल्याएको उक्त योजनामा न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने र सो बापत खातामा ६ दशमलब ५ प्रतिशत ब्याज पाउने छन । साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको समेत व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । योजनामा ग्राहकलाई ५० हजार रुपैंयासम्मको मेडिकल बीमा गरिएको छ भने ७ लाख रुपैंयाको दुर्घटना बीमाको समेत व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो बर्ष निशुल्क रुपमा प्राप्त गर्न सक्नेछन । त्यसतै नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट निशुल्क रकम झिक्न सक्ने ब्यवस्था समेत गरेको बैंकले जानकारी दिएको छ । ‘बैंक अफ दी एयर २०१९’ बाट पुरस्कृत भएको बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आईरहेको छ । बैंकको १ सय ११ ओटै शाखामार्फत यस योजना अन्तरगत खाता खोल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL