Logo

सिटिजन्स बैंक र ईसेवाबीच सम्झौता, बैंकका शाखामार्फत रकम प्राप्त गर्न सकिने

सिटिजन्स बैंक र ईसेवाबीच सम्झौता, बैंकका शाखामार्फत रकम प्राप्त गर्न सकिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता भएको छ । सम्झौता बमोजिम ईसेवामार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको सम्पूर्ण शाखामार्फत भुक्तानी पाउन सकिने छ ।

बैंकले ८९ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आश्वा, ड्राफ्ट, कार्ड सेवा, तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेलगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL