Logo

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आगामी जेठमा परिपक्क हुने

सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आगामी जेठमा परिपक्क हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL