Logo

एनआईसी एशिया बैंकका सञ्चालक संघई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआईपी) सम्मानद्वारा सम्मानित

एनआईसी एशिया बैंकका सञ्चालक संघई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआईपी) सम्मानद्वारा सम्मानित



काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईले ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सीआईपी) सम्मान प्राप्त गरेका छन । उनले मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत सरकारबाट उक्त सम्मान प्राप्त गरेको हो ।

laxmi

सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका संचालक संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरेका हुन ।

संघई अध्यक्ष रहेका त्रिवेणी स्पिनिङ मिल्स (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट सरकारले विभुषित गरेका हुन ।

बैंकका सञ्चालक संघई सम्मानित भएको शुखद् अवसरमा समस्त बैंक परिवार उनलाई बधाइ ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा यस्तै कामका लागि थप प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछ बिज्ञप्तीमा भनिएको छ ।

उक्त सम्मानले सरकारको तर्फबाट विभिन्न सुबिधाहरुका साथै विमानस्थलमा भिआईपी कक्षको सुविधा, उद्योग वाणिज्यसँग सम्बन्धित सबै समारोहहरुमा प्राथमिकताकासाथ आमन्त्रण र आसनग्रहणको व्यवस्था लगायत विदेशमा हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीहरुमा प्रतिनिधित्व गर्न प्राथमिकता पाउने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL