Logo

एनआईसी एशिया र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौता

एनआईसी एशिया र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौता



काठमाडौं । एनआईसी एशिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशन कुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

laxmi

उक्त सम्झौता अनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका डाइरेक्टर अरविन्द साह अब एनआईसी एसिया बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट अन्त्य भएको बताए । उनले भने, ‘ अब ग्राहकहरुले बैंकबाट सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ ।’

यस्तै कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले मोबाईलबाटै सबै सेवा उपलब्ध हुनेगरी समस्या समाधान गर्न खोजेको बताए । उनका अुनसार खल्ती वालेटसँग सहकार्य गरी ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL