Logo

प्रभु बैंक र एन प्याब्सनबीच सम्झौता, सम्पुर्ण कारोबार प्रभु बैंकमार्फत गर्ने

प्रभु बैंक र एन प्याब्सनबीच सम्झौता, सम्पुर्ण कारोबार प्रभु बैंकमार्फत गर्ने



काठमाडौं । प्रभु बैंक र निजी विद्यालयहरुको छाता संगठन प्याब्सनबीच सम्झौता भएको छ । बुधबार उक्त २ निकायबीच बैंकिङ कारोबार प्रभु बैंकमार्फत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन ।

बैंक र एन प्याब्सनसँगको सम्झौता बमोजिम एन प्याब्सनको आधिकारिक बैंक प्रभु बैंक हुनेछ । एन प्याब्सनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत गर्नेछ भने एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरुबाट संकलन गर्ने शैक्षिक शुल्क बैंक मार्फत नै संकलन गर्नेछन ।

उक्त विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलबी खाता पनि प्रभु बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले बैंक मार्फत नै तलब भुक्तानी लिन सक्नेछन । एन प्याब्सन अन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरुमा कार्यरत शिक्षक विद्यार्थि, कर्मचारी तथा सम्बन्धित अभिभावकहरुलाई एकीकृत वित्तीय सेवा जस्तैः नेपाल धितो पत्र बोर्डमा सुचिकृत कम्पनीहरुको आईपिओ, एफपिओ, डिबेञ्चर लगायतको सूचना उपलब्ध हुनुका साथै शेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुने बैंकले जानकराी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL