Logo

एनआईसी एशिया बैंकको भ्यालेन्टाइनडे अफर, मोबाईल बैंक एप प्रयोगकर्तालाई सोल्टीमा डिनर

एनआईसी एशिया बैंकको भ्यालेन्टाइनडे अफर, मोबाईल बैंक एप प्रयोगकर्तालाई सोल्टीमा डिनर



काठमाडौं । एनआईसी एशिया बैंकले भ्यालेन्टाइन डे लक्षित गरि निःशुल्क डिनरको अफर सार्वजनिक गरेको छ । बैंकले आफ्नो बैंकको मोबाइल बैंकिङ एपमार्फत कारोबार गर्ने ग्राहकहरुलाई होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनर दिने भएको छ ।

laxmi

उक्त योजना अन्तरगत ११ फेब्रुअरी देखि १३ फेब्रुअरीसम्म बैंकको मोबाईल बैंकिङ एपमार्फत कारोबार गर्ने २० जना ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्ने अवसर प्राप्त गर्न सक्ने छन । बैंकको मोबाईल बैंकिङ एपमार्फत कुनै पनि भुक्तानी जस्तै क्युआर पेमेन्ट, बिजुली बिल भुत्तानी, मोबाईल टपअपलगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ ।

तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता नदिने भएको छ । बैंकले सार्वजनिक गरेको उक्त अफरको नतिजा भने बैंकको आफ्नै फेसबुक पेज तथा विजेता ग्राहकलाई फोनमार्फत जानकारी दिने भएको छ । विजेताले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा डिनर गर्न पाउनेछन ।

उक्त विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पुर्याउने बैंकको विश्वास रहेको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न क्यसा ब्याक अफर नियमित रुपमा दिइरहेको छ ।

बैंकको मोबाईल बैंकमार्फत नेपाल टेलिकम र एनसिएल टपअप गर्दा ३ प्रतिशत क्यास ब्याक तथा हरेक बुधबार दराज डटकमबाट सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्मको क्यास ब्याक, हरेक शुक्रबार ह्यापी आओरमा एपमार्फत भुक्तानी गर्दा १ सय रुपैयाँ क्यसाब्याक र सामसुङ ग्यालेक्सी १० प्लस तथा नोट १० प्लस खरिद गर्दा ३ हजार रुपैयाँसम्मको छुट दिने व्यवस्था गरेको छ ।

बैंकले ३१३ शाखा, ४४२ एटिएम, १०८ एक्स्टेन्सन काउण्टर एवं ५१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL