Logo

बिना धितो उद्यमशील कर्जा दिन एनएमबी बैंकले गर्यो सम्झौता, उद्यमीलाई ६ प्रतिशत ब्याजमै कर्जा

बिना धितो उद्यमशील कर्जा दिन एनएमबी बैंकले गर्यो सम्झौता, उद्यमीलाई ६ प्रतिशत ब्याजमै कर्जा



काठमाडौं । एनएमबी बैंक, नेपाली हाते कागज उधमी संघ, राष्ट्रिय अल्लो उधमी संघ तथा नेपाल उधमशील महिला महासंघबीच सम्झौता भएको छ ।

आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवदर््धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य तथा समृद्ध नेपाल बनाउने वृहत लक्ष्यलाई साकार पार्न सम्झौता गरेको बैंकका अध्यक्ष पवन गोल्याणले जानकारी दिएका छन ।

‘कुरा गरेर मात्र देश बन्दैन त्यसैले यसलाई फरक ढंगबाट अघि बढ्नु पर्छ’, उनले भने, ‘जसका लागि महिलाहरुलाई अगाडी बढाउन आवश्यक रहेको छ ।’ बैंकले उद्यमीहरुलाई बिना धितो ६ प्रतिशत ब्याजमा १५ लाख रुपैंयाँ सम्म ऋण प्रदान गर्ने भएको छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनल केसीले अबको दिनमा हरेक सामग्री निर्यात बढाउन सहयोग पुर्याउने उदेश्यले सम्झौता भएको बताएका छन । साथै सम्झौता पछि थोरै ब्याजमा समेत बिना धितो कर्जा प्राप्त गर्न सक्ने उनले जानकारी दिएका हुन ।

बैंकले तालिम दिन समेत तयार रहेको बताउँदै उनले हरेक उद्यमीहरुसँग काम गर्न तयार रहेको बताए । उनले भने, ‘अहिले १०/१५ लाख रुपैयाँ ऋण दिएका छौं, भोलिको दिनमा हामी ५ अर्ब रुपैयाँसम्म दिने छौं ।’ १५ लाख रुपैयाँ देखि सुरु गरेको यो काम आज औपचारिक रुपमा नै बैंकसँग जोडीएको बताउँदै नेपाल उधमशील महिला संघका अध्यक्ष देबिका बुडाथोकीले महिला उद्यमीहरु ३ सय जनालाई बैंकले तालिम दिन समेत आग्रह गरेकी छिन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नेपाल हातेकागज उद्योगी संघका अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका अध्यक्ष बुद्धि पुर्जा मगर तथा नेपाल उधमशील महिला संघका अध्यक्ष देबिका बुडाथोकीले छुट्टा छुट्टै हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL