Logo

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स स्मार्ट बचतखाता’ सञ्चालनमा, पुर्ण डिजिटल सेवा

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स स्मार्ट बचतखाता’ सञ्चालनमा, पुर्ण डिजिटल सेवा



काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेशनलले ‘ सिटिजन्स स्मार्ट बचत खाता’ योजना संचालनमा ल्याएको छ । बैंकले बुधबारदेखि युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ उक्त योजनाको शुभारम्भ गरेको हो ।

उक्त निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले उक्त खाता बैंकको कुनैपनि शाखा मार्फत शुन्य मौज्दातमा खोल्न पाउने छन् । उक्त खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्रिडी सेक्युर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता सुविधा रहेका छन ।

उक्त योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड,ई–बैकिङ र मोबाइल बैकिङमा प्रत्येक बर्षको बार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

खाताबाहकहरुले जुनसुकै एटिएम बाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा ६ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको बैंकले जानकारी दिएको छ ।

उक्त खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL