Logo

तिलगंगा अस्पताललाई ज्योति विकास बैंकको आर्थिक सहयोग, आँखा रोगसम्बन्धी विभिन्न अध्ययन हुने

तिलगंगा अस्पताललाई ज्योति विकास बैंकको आर्थिक सहयोग, आँखा रोगसम्बन्धी विभिन्न अध्ययन हुने



काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखासम्बन्धी अनुसन्धानमा आर्थिक सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘जीरि आई स्टडि’ को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अनुरुप विकास प्रवर्द्धन कोषमार्फत १० लाख रुपैयाँ सहयोग गरेको हो ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट सिओओ यम बहादुर महतले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको जिरेल समुदायको आँखा अनुसन्धानमार्फत गरिएको तिलगंगाको आनुवंशिक अनुसन्धानमा ज्योति विकास बैंकले सहयोग गरेको हो । २०१४ बाट शुरुवात भएको उक्त अध्ययनमा आँखा सम्बन्धि रोगहरुको समयसँग बद्लिंदो ढाँचाको पनि अध्ययन हुँदै आएको छ ।

‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL