Logo

फेसबुक, युट्युवजस्ता सामाजिक संजालनमा विज्ञापन गर्न राष्ट्र बैंकको रोक, विदेशी मुद्रा अपचलनमा कारबाही

फेसबुक, युट्युवजस्ता सामाजिक संजालनमा विज्ञापन गर्न राष्ट्र बैंकको रोक, विदेशी मुद्रा अपचलनमा कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापनमा रोक लगाएको छ । त्यस्ता खालका सामाजिक संजालमा गरिने विज्ञापन गैरकानुनी भएको अबका दिनमा कसैले गरेमा कारबाही गर्ने भएको छ ।

laxmi

इन्टरनेटमार्फत गरिने विज्ञापन बापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानुनी भएको राष्ट्र बैंको ठहर छ ।

राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अबका दिनमा त्यसरी विज्ञापन गरेमा विदेशी मुद्रा अपचलनमा कारबाही गर्ने भएको छ । हाल कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था तथा ब्यवसायिक संघसंस्थाहरुले सामाजिक सञ्जालमार्फत विज्ञापन गरी प्रचारप्रसार गर्दै आएका छन् ।

त्यसरी विज्ञापन गर्दा गैरकानूनी रुपमा अर्बौं रकम बाहिरीने भन्दै राष्ट्र बैंकले रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL