Logo

राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायित्व, जनप्रभात उमाविमा सूचना प्रविधि कक्षा स्थापना

राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायित्व, जनप्रभात उमाविमा सूचना प्रविधि कक्षा स्थापना



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जनप्रभात उच्च माध्यामिक विद्यालयमा सुचना तथा संचार प्रविधि (आईसिटी) कक्षाको स्थापना गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालिमाटी स्थित जनप्रभात उमावीमा आईसिटी कक्षाको स्थापना गरि सूचना प्रविधि सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बृद्धिका लागि स्थापना गरिएको सूचान तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने बताए ।

विद्यालयका अध्यक्ष डंगोलले सुचना प्रविधि कक्षा भन्नाले कम्प्यूटर सीप वृद्धि गर्नु मात्र बुझिन्छ तर वास्तवमा संचार र सुचना प्रविधि कक्षा भनेको कम्प्यूटर र अन्य प्रविधि जस्ता उपकरणको प्रयोग गरी अडियो भिडियो प्रणाली मार्फत शैक्षिक विषयमा विद्यार्थीहरुलाई मनोरन्जन मुलक रुपमा ज्ञान दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL